पिङ संरक्षणमा स्थानीय सरकार र युवाहरुको सामुहिक पहल

धादिङ- दशैँ लागेसँगै धादिङका ग्रामीण भेगहरूमा परम्परागत संस्कृतिको जगेर्ना  गर्ने भन्दै लोप हुँदै गएको विभिन्न प्रकारका पिङ्गहरु बनाइएका छन ।

  विशेषगरी,  काठबाट बनाइएको रोँगटेजाँतेलगायतका पिङहरुमा स्थानीयले थप मेहनत गरेका छन ।

 लिङ्गे पिङ भने बर्सेनी बनाउने भएकोले मानिसहरू यसमा अभ्यस्त छन। 

 पिङ निर्माणसँगै गाउँ घरमा वडा दशैँको रौनक ल्याएको छ । 

 मनोरञ्जनका साधनको रूपमा विशेष गरी वडा दशैँको वेला गाउँघर तिर बाबियोको डोरी बाटी सामूहिक रूपमा लिङ्गे पिङ बनाउने चलन पुर्खौँदेखि चल्दै आएको छ । 

 यसले एकातिर मनोरञ्जनका लागि निकै सहयोग पुग्ने र गाउँघरमा भएका साथीहरुसँगको  सम्बन्ध बढ्ने अनि भेटघाट गर्ने अवसर जुट्ने गरेको स्थानीयको भनाइ छ। 

यसो त काठबाट बनाइने रङे पिङ बनाउनका लागी भने विशेष सीप भएको मानिसहरूको आवश्यक पर्ने र  अहिलेको युवा पुस्तामा त्यस्ता खालका सिप भएको मानिसहरूको कमीका कारण पनि रङटे पिङ लोप हुँदै गएको हो । 

 यसका साथै काठको समेत अभावले गर्दा पनि रोङटे र जाँते पिङ हराउँदै गएको भनाइ बुढापाकाहरूको छ । 

 धादिङको विभिन्न स्थानीय तहहरूले परम्पराको जगेर्ना गर्नुपर्छ भन्दै पिङ निर्माणका लागि लाग्ने सम्पूर्ण खर्च उपलब्ध गराएका छन ।

 काठको बलियो खाँबो र काठकै पिर्काहरूको प्रयोग गरी जाँते र रोँगटे पिङ बनाइन्छ ।

 यो पिङ अन्य लिङ्गे पिङ भन्दा निकै खर्चिलो पनि हुन्छ । 

 यस वर्ष भने धादिङका धेरै जसो स्थानीय तहले नै पिङ निर्माणका लागि काठ र कर्मीसमेत उपलब्ध गराएको थियो। 

 खासगरी दशैँको टिकाको दिन मान्यजनहरूको हातबाट टिका जमरा ग्रहण गरेपछि नयाँ कपडा लगाई एक पटक धर्ती छाड्नु पर्छ भन्ने मान्यता रहेकोले पिङको महत्त्व वडा दशैँसँग अझ बढी जोडिएको छ ।।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.