बाढी पछिको काभ्रेको सुकुम्वासी बस्ती (फोटो फिचर)

बाढी पहिरो प्रभावित भन्छन् : दशैँको उत्साह नै छैन

काभ्रे – सहर बजारमा दसैँको रौनक देखिएको छ । तर, काभ्रेको बाढी पहिरो प्रभावित क्षेत्रमा भने दसैँको कुनै उत्साह नै छैन । गत साता गएको बाढीले काभ्रेको पनौती नगरपालिका वडा नं ७ स्थित सुकुम्वासी बस्तीलाई रोशी खोलाले बगाएको छ । बाढीले बस्ती बगाएपछि सुकुम्वासी बस्तीका अधिकांश तामाङ समुदाय घरबारविहीन भएका छन् । जिल्लाको बेथानचोक गाउँपालिकाको च्याम्राङबेशी, खानीखोला गाउँपालिका हात्ती डाँडा लगायत डाँडापारिबाट विस्थापित भएर आएका  करिब २५ घरधुरी त्यहाँ बसोबास गर्दै आएका थिए । बाढीले विस्थापित भएका अधिकांश अहिले पनौती बजारमा कोठा लिएर बस्दै आएका छन् भने केही आफन्तसँग बस्दै आएका छन् । उनीहरू राहत लिनको लागि भने दिनभर रोशी खोलामा बगरमा राहत कुरेर बस्छन् ।

गत साता आएको बाढीले बस्ती डुबानमा परेर पछि उनीहरू पुनः विस्थापित भएका छन् । दसैँको मुख यस्तो विपत्तिले उनीहरूमा चाडपर्वको कुनै उत्साह छैन । श्यामकुमारी तामाङ का अनुसार, दसैँ दशा भएको छ । ‘गाँस बास केही छैन, कसरी चाँड मनाउने, जाने ठाउँ कहीँ छैन, हाम्रो लागि तत्कालै वासस्थानको व्यवस्थापन गरिदिएहुन्थ्यो,’ उनले भनिन् ।

च्याम्राङबेशीबाट बसाई सरेर आएकी ७१ बर्सिया लक्ष्मी सिङतानको परिवार पनि बस्तीमा बाढी पसेपछि अहिले पनौतीमा कोठा लिएर बस्दै आएका छन् । ‘चाडपर्वको समयमा यस्तो दुःख आइलाग्यो, बस्ने वासस्थान नै छैन, कसरी चाँड मनाउनु र ?’, उनले भनिन् । पहिरोबाट प्रभावित भएर सुकुम्वासी बस्तीमा बसोबास गर्दै आएका लाई विपद्ले दिएको दुःखका कारण चाडपर्व नै खल्लो लागेको बताउँछिन् । ‘गाउँमा पहिरोले गर्दा बस्ने बास नभएर यहाँ आएर बस्यौँ,’ उनले भने, ‘अब त यहाँ पनि बस्ने बास भएन, कहाँ जाने ?  के गर्ने भएको छ ।’

सुकुम्वासी बस्ती मात्रै नभएर बाढी र पहिरोबाट प्रभावित क्षेत्रहरू बेथानचोक, रोशी, तेमाल, नमोबुद्ध, चौरीदेउराली, महाभारत, भुम्लु लगायतका अधिकांश स्थानमा दसैँको रौनक छैन ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.