भारत सरकारको तर्फबाट दोस्रो खेप राहत सामाग्री हस्तान्तरण

काठमाडौँ – बाढी र पहिरोबाट प्रभावित परिवारका लागि भारत सरकारको सहयोगलाई निरन्तरता दिने क्रममा आज भारत सरकारको तर्फबाट काठमाडौँ स्थित भारतीय दूतावासका द्वितीय सचिव नारायण सिंहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई राहत सामाग्रीको दोस्रो खेप हस्तान्तरण गर्नुभयो ।

अत्यावश्यक सरसफाइ सामाग्री, औषधी, झुल, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, गम बुट, इन्फ्लेटेबल रबर बोट र मोटर सहितको २१.५ टनको उक्त मानवीय सहायताको खेप भारतबाट आज नेपालगन्ज ल्याई पुर्‍याइएको  हो ।  राहत सामाग्रीको थप खेप आगामी दिनमा आउने काठमाडौँ स्थित भारतीय दूतावासले जनाएको छ।

हालै आएको बाढी र पहिरोले निम्त्याएको विनाशपछि नेपाल सरकारलाई साथ एवम् सबै खाले सहयोग प्रदान गर्न भारत सरकार तत्पर रहेको काठमाडौँ स्थित भारतीय दूतावासले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.