नेपालमा सर्प दंश उपचार केन्द्र स्थापनामा भारतले सहयोग गर्ने : स्वास्थ्य मन्त्री पौडेल

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सर्प दंशका बिरामीको लागि उपचार केन्द्र स्थापना गर्न भारत सरकारले सहयोग गर्ने भएको छ ।

बुधवार विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को क्षेत्रीय बैठकबाट फर्किएपछि विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा सर्पले टोकेर हुने जोखिमको उपचारका लागि उपचार केन्द्र बनाउन भारतले सहजीकरण गर्ने बारेमा भारतीय स्वास्थ्य मन्त्रीले प्रतिबद्धता जनाउनुभएको बताउनु भयो ।

उहाँले क्षेत्रीय बैठकका क्रममा भारतीय स्वास्थ्य मन्त्रीसँग आफ्नो भेट भएको बताउनु भयो । भेटमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भारत सरकारले सञ्चालन गर्दै आएको एम्स अस्पतालसँग समझदारी भएर सहकार्य भइरहेका कामहरू बिचमा समयावधि सकिएका कारण रोकिएको स्थितिको अन्त्यका लागि प्रयास गरेको बताउनु भयो । पुनः समझदारी गरेर एम्स र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बिचमा पहिलेको समझदारीलाई कायम गर्ने गरी मौखिक समझदारी व्यक्त भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा सर्पले टोकेर नागरिकहरूलाई जुन समस्या देखिएको छ, त्यसको बारेमा उपचार केन्द्र स्थापना गर्ने र त्यसका लागि सहजीकरण गर्न पनि भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भारत सरकारले सञ्चालन गर्दै आएको एम्स अस्पतालसँग समझदारी भएर सहकार्य भइरहेका कामहरू बिचमा समयावधि सकिएका कारण रोकिएको स्थिति थियो । त्यसमा पुनः समझदारी गरेर एम्स र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बिचमा पहिलेको समझदारीलाई कायम गर्ने गरी मौखिक समझदारी व्यक्त गर्नुभएको छ ।’

स्वास्थ्य मन्त्री पौडेलले डब्ल्युएचओसँग समन्वय गरेर नेपालमा चलिरहेका कार्यक्रमहरूलाई अझ बढी कसरी प्रभावकारी बनाउने र हेटौँडामा रहेको सरुवा रोग केन्द्रलाई डब्ल्युएचओको सहयोगमा अनुसन्धान केन्द्रका रूपमा विकसित गर्ने बारेमा छलफल भएको बताउनु भयो । डब्ल्युएचओका रिजनल डाइरेक्टरले पनि सरुवा रोग केन्द्रलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको बताउनु भयो । नेपालमा महिलाहरूमा हुने सर्भाइकल क्यान्सर (स्क्रिनिङ) को बारेमा डब्ल्युएचओले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त भएको बताउनु भयो । नेपालमा डब्ल्युएचओको सहयोगमा सम्पन्न भएका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन अरू थप लगानी गर्ने बारेमा पनि छलफल भएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.