भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन

काठमाडौं – भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन भएको छ ।

दुई दशकभन्दा बढी समयदेखि टाटा समूहको नेतृत्व गरेका उहाँको ८६ वर्षको उमेरमा निधन भएको हो ।

उहाँ भारतको अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यापार नेताहरूमध्ये एक हुनुहुथ्यो ।

टाटा समूह भारतको सबैभन्दा ठूलो कम्पनी हो । उहाँको निधनले टाटा ग्रुपलाई अपूरणीय क्षति भएको ग्रुपले विज्ञप्ति जारी गरेर भनेको छ ।

टाटा ग्रुप रतन टाटाका जिजुबाले करिब शताब्दी अगाडि स्थापना गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.