सल्यानमा गाडी दुर्घटना हुँदा १६ जना घाइते

सल्यान –  सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा  १६ जना यात्रु घाइते भएका छन् । बाँकेको नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको लु २ ख ५००२ नम्बर को फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रेसम खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान ४ बजे गाडी दुर्घटना भएको हो ।

२० यात्रु सवार गाडीमा १६ जना घाइते भएका हुन् । घाइते मध्ये चारको अवस्था गम्भीर रहेको छ । घाईतेहुनेहरुमा कुमाख गाउँपालिका ३ का २२ वर्षका सन्तोष राना,  ५५ वर्षका वसन्त भारती, ६० वर्षका वसन्ता भारती, कुमाख गाउँपालिका १ का २८ वर्षका विष्णुचन्द, ३४ वर्षका घनश्याम के.सी,  १३ वर्षका सलिना शाही, २१वर्षका दिपकनाथ योगी घाइते हुनुभएको छ ।

त्यस्तै कुमाख गाउँपालिका ३ का २२ का पारस भारती,  वर्ष १५ का विनोद नाथ योगी, वर्ष १८ का विनता नाथ योगी ,२३ वर्षका सम्झना भारती, ६ का २५ वर्षका हरि सुनार, ४ का वर्ष २० की सुजाता वुढाथोकी र २० वर्षका विन्दु लामिछाने  रहेका छन् ।

गम्भीर घाइते पश्चिम रुकुम चौरजहारी नगरपालिका १ पश्चिम रुकुमका वर्ष ३३ का त्रिलोचन गिरी, कुमाख गाउँपालिका ३ सल्यानका ३२ वर्षका गिता वुढालाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

पश्चिम रुकुम चौरजहारी नजिक दुर्घटना स्थल रहेकाले सबै घाइतेहरूको उद्धार गरेर उपचारका लागि चौरजहारी अस्पताल पुर्‍याईएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएको कारण गाडी दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.