गोरखा दरबारवाट काठमाडौँ फूलपाती पठाइयो

गोरखा – बाट काठमाडौँ फूलपाती पठाइएको छ । बिहीबार बिहान गोरखा कालिका मन्दिरको दश घरबाट काठमाडौँ स्थित हनुमान ढोका भित्राउन फूलपाती पठाइएको हो । वा २ झ २११८ नम्बर को सरकारी सवारी मार्फत फूलपाती काठमाडौँ पठाइएको छ ।

गोरखा दरबार पुगेको फूलपाती काठमाडौँ हनुमान ढोका भित्राउने प्रचलन छ । गोरखा नगरपालिका क्षेत्रको अमराई, रिप लगायतको क्षेत्रबाट सङ्कलन गरेको फूलपाती विधिवत् रूपमा काठमाडौँ पठाइएको गोरखा दरवारका मुल पुजारी शारदा प्रसाद भट्टराईले बताउनुभयो ।

गोरखा दरबारका सुसारेहरुले सङ्कलन गरेको फूलपाती केही हनुमान ढोका पठाउने र केही गोरखा दरबारमा भित्राउने प्रचलन रहेको छ ।

पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका विजयी गरेसँगै गोरखाको फूलपाती काठमाडौँ हनुमान ढोकामा भित्राउने प्रचलनको सुरुवात भएको थियो ।

सडक मार्ग नखुल्दा गोरखाबाट पैदल मार्ग हुँदै फूलपाती काठमाडौँ पठाइन्थ्यो । सडक सञ्जाल विस्तार भएसँगै सवारी मार्फत फुलापात काठमाडौँ पठाउने प्रचलन छ ।

गोरखाबाट फूलपाती हनुमान ढोका पुगेपछि वढ्याइ चल्ने प्रचलन छ । बिहीबार बाजागाजा सहितको काठमाडौँ फूलपाती पठाइएको छ ।

कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगर, प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायतका सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.