सराङकोटमा सरुन खेल प्रदर्शन

कास्की – पर्यटकीय राजधानी पोखराको सराङकोटमा फूलपातीको अवसरमा हिजो लोपोन्मुख सरुन खेल प्रदर्शन गर्नुका साथै फूलपाती बढाइ भएको छ ।

सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिको आयोजनामा भएको उक्त कार्यक्रमका बिच नेपाल राज्य एकीकरणमा युद्ध कौलसँग जोडिएको उक्त खेल प्रदर्शन गरिएको हो । जुन ढाल र तरबारको सहायताले खेल्ने गरिन्छ ।

उक्त कौशल करिब ७ सय वर्ष पुरानो मानिन्छ । त्यहाँ शाहबंशीय राजा कुलमण्डल शाहको पालादेखि सरुन प्रदर्शन गर्न थालिएकोमा करिब १ शताब्दी अघिदेखि छाडिएको थियो । जसलाई यस वर्षदेखि पुनः निरन्तरता दिइएको हो ।

गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङ, पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सीना लगायतको उपस्थितिमा उक्त खेल प्रदर्शन  गरिएको हो । सो कार्यसँगै नेपालको ऐतिहासिक संस्कृति संरक्षणमा योगदान पुगेको सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसीले बताउनुभयो ।

पोखराको सराङकोट कुलमण्डल शाहको पालामा हतियार भण्डारण क्षेत्रको रूपमा परिचित रहेको मानिन्छ ।

उक्त क्षेत्रमा अहिले विशाल शिव मन्दिर तथा भ्यूटावर निर्माण भएका छन् । त्यस्तै पञ्चमुखी गणेश मूर्ती सँगै परापूर्व कालदेखि मानिँदै आइएको भूमे कालिकादेवी, भैरव तथा चण्डी मन्दिर  लगायत २२ संरचना पुन निर्माणको अन्तिम चरणमा छन् । ती संरचना निर्माणमा हालसम्म ३० करोड बढी खर्च भइसकेको छ ।

नेपालको संस्कृति तथा परम्परा सबै जातिभन्दा पनि माथि रहेको ठहर गर्दै त्यहाँ सरुन खेलमार्फत युवापुस्तालाई धार्मिक पर्यटनसँग जोडी सराङकोटको पहिचान विश्वमाझ थप परिचित गराउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.