काली गण्डकीमा खसी बोकाको वैज्ञानिक  मूल्य निर्धारण

स्याङ्जा- स्याङ्जाको काली गण्डकी गाउँपालिकामा कृषक र उपभोक्ता उत्साहित पार्न जिउँदो खसी बोकाको वैज्ञानिक मूल्य निर्धारण गरिएको छ । बजारमा ५५० देखि ६०० सम्म पाइने खसी बोकाको मूल्य तौलको आधारमा न्यूनतम ३८० देखि ५८० सम्म उपभोक्ताले खरिद गर्न पाएपछि बिचौलियाको अन्त्य हुने पालिकाले जनाएको छ ।

गाउँ गाउँमा पशुबाट उद्यमशीलताको विकास र बजारीकरणमा सहयोग भएपछि किसानले मूल्य मात्र पाएका छैनन् व्यापारी र उपभोक्ताले पनि सुपथ मूल्यमा स्वास्थ्यकर मासुको उपभोग गर्न पाएका छन् ।

कृषि तथा पशु उद्यमबाट जीविकोपार्जन गराउँदै गाउँ गाउँमा उद्यमशीलताको विकास गर्न काली गण्डकी गाउँपालिका भित्र जिउँदो खसी बोकाको मूल्य निर्धारण गरिएको छ ।

दसैँ र तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै सामुहिक तथा वैज्ञानिक बजारीकरणको प्रयासमा गरिएको मूल्य निर्धारण निकै प्रभावकारी बनेको छ ।

अहिले यस पालिकामा कृषकको खोरबाट तौलको आधारमा न्यूनतम ३८० देखि ५८० सम्म जिउँदो खसी बोका खरिद गर्न सकिने भएपछि बिचौलियाको अन्त्य भएको गाउँपालिका अध्यक्ष खिम बहादुर थापाको धारणा छ ।

पालिकाले मासुमा आत्मनिर्भर बनाउन हेफर प्रोजेक्ट नेपालसँग साझेदारी गर्दै खोर निर्माण , प्राविधिक सहयोग , अनुदानका कार्यक्रम र बजारीकरणमा सहयोग गरेसँगै किसान ,व्यापारी र उपभोक्ता लाभान्वित भएका हुन् ।  हचुवाको भरमा बिक्री गरिने खसी बोकाले राम्रो मूल्य पाएकोमा किसान पनि खुसी भएका छन् ।

पहिलो चरणमा काली गण्डकी २ को स्वावलम्बन कृषक समूहबाट यो कार्यक्रम लागू भएनि पालिकाभरीकै किसानलाई यो कार्यक्रममा समेटिने र गाउँ गाउँमा महिला किसानलाई उद्यमी बनाउने लक्ष्यको साथ कार्यक्रम अघि सारिएको छ ।

एकातिर उद्यमशीलताको विकास अर्कोतिर बजारीकरण भएपछि किसान , व्यापारी र उपभोक्ताले सस्तो र स्वास्थ्यकर मासु प्राप्त गर्ने भएका छन् । यसको प्रभाव बजारमा पनि परेको कारण  छिमेकी जिल्ला गुल्मी पाल्पा तथा बुटवल पोखराको सहरबाट व्यापारीको माग बढ्न थालेको किसानहरूको भनाई छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.