सुनसान बन्दैं काठमाडौँ उपत्यका

काठमाडौँ- देशैभरी बडादशै पर्वको चहलपहल बढेको छ । हिजोदेखि सरकारी कार्यालयहरु पनि बिदा भएका कारण पर्वको चहलपहल अझ बढ्दै गएको हो । दशैको अवसरमा दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आ-आफ्नो घर फर्कने क्रम पनि अझ बढेको छ । राजधानी काठमाडौ लगायत देशका विभिन्न शहरवाट घर फर्किनेहरुको चाप बढेको छ । काठमाडौं उपत्यकाबाट हिजोसम्म आठ लाख यात्रु बाहिरिएको बताईएको छ । मानिसहरुको चाप हुने काठमाण्डौका सडकमा गुड्ने सवारी साधनहरु भने पातलिदै गएका छन् ।

सधैं व्यस्त हुने चोक तथा व्यापारिक केन्द्रहरु खुल्ला भएका छन् । उपत्यका भित्र सार्वजनिक सवारी साधनहरु पनि कम चलेका छन् । धेरैजसो पसलहरु बन्द देखिन्छन् । यसले गर्दा तुलनात्मकरुपले काठमाण्डौ अघिल्ला दिनहरु भन्दा सुनसान जस्तो देखिन थालेको छ । सडकमा उपत्यका छोडेर गाँउघर फर्कने र बजारमा किनमेल गर्न निस्केकाहरु बढी देखिन्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.