हङकङबाट कृष्णले ल्याए ‘माखायात ग्वंग: माः ( भिडियो ) 

काठमाडौँ –  नेपाल भाषामा निर्माण भएको म्युजिक भिडियो “माखायात ग्वंग: माः” सार्वजनिक भएको छ। कृष्ण भक्त महर्जनको रचना, स्वर र सङ्गीतमा रहेको यस बानिका प्रधानको समेत स्वर सुन्न सकिन्छ। गीतलाई हरि शरण सायमीले सङ्गीत संयोजन गरेका हुन्।

ठट्यौली शब्द संयोजनमा रहेको यस म्युजिक भिडियो के. बि. एस लुभु प्रोडक्सन हाउसको निर्माणमा बाल मुकुन्द प्रजापतिको निर्देशन , छायाङ्कन/ सम्पादन सैलेश  श्रेष्ठ , कोरियोग्राफी किरण जोशीको रहेको छ। भिडियोमा कलाकारहरू आराध्या लक्ष्मी खड्गी  र किरण जोशीको अभिनय रहेको छ।  भिडियो  ‘कृष्ण भक्त महर्जन’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

भिडियो लिंक: https://youtu.be/E_PAA3sjtbo?si=cDlGz8XSYK–lANf

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.