राष्ट्रपति पौडेलद्वारा नौ कन्याको पूजा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा आज नौ जना कन्याको विधिपूर्वक पूजा गर्नुभएको छ ।

राष्ट्रपति भवनमा उहाँहरूले कन्याहरूको पूजा गर्नुभएको हो । नवरात्रमा दुर्गादेवीका नौ रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि महागौरी र सिद्धिदात्रीको पूजार्चनासँगै ती देवीका प्रतीक मानेर राष्ट्रपति दम्पतीले नौ कन्याको पूजा गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.