परोपकारी काम सहित मनाइयो गैर आवासीय नेपाली सङ्घको स्थापना दिवस

काठमाडौँ – परोपकारी काम सहित आज ‘एनआरएनए डे’ मनाइयो गैर आवासीय नेपाली सङ्घले संस्थाको स्थापना दिवस(एनआरएनए डे) स्वयम्भू र पशुपतिनाथ मन्दिरमा पूजाआजा गरी भब्यरुपमा मनाएको छ ।

नेपाल सरकारले ११ अक्टोबरलाई एनआरएनए डे (गैर आवासीय नेपाली दिवस) को रूपमा मनाउँदै आएको छ । समृद्ध नेपालको परिकल्पना गर्दै सन् २००३ मा नेपालीका लागि नेपाली भन्ने मूल नारासहित स्थापना भएको गैर आवासीय नेपाली सङ्घको विश्वका ८७ देशमा शाखा रहेको छ ।

गैर आवासीय नेपाली दिवसको शुभ अवसरमा संस्थाले शुक्रवार बिहान स्वयम्भू नाथ र पशुपति नाथमा पूजा आज गर्दै संस्थापक अध्यक्ष उपेन्द्र महतोको उपस्थितमा केन्द्रीय कार्यालयमा झन्डोत्तोलन गर्दै मनाएको हो ।

गैर आवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीका अनुसार स्थापना दिवसको अवसरमा सङ्घले अक्टोबर पुरै महिना विभिन्न संस्थागत तथा परोपकारी कामका गतिविधि सञ्चालन गर्न सङ्घका राष्ट्रिय समितिहरूलाई आग्रह गरिएको छ ।

कार्यक्रममा सङ्घका उपाध्यक्ष रोज़ीना प्रधान राई , कोषाध्यक्ष सुदन थापा सल्लाहकारहरू अतुल कोइराला , डीबी कार्कीलगायतको उपस्थित रहेको थियो । सङ्घले स्थापना दिवसको मूल समारोह तथा वार्षिक साधारण सभा भने आगामी अक्टोबर २७ र २८ तारिख काठमाण्डौंस्थित होटेल सोल्टीमा आयोजना गर्ने तयारी गरेको छ ।

सो समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका मन्त्रीहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । वार्षिक साधारण सभामा संस्थाको सांगाठानिक तथा आर्थिक प्रतिवेदन पेस हुने सङ्घका महासचिव गौरीराज जोशीले जानकारी दिनुभयो ।

विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पुँजीको परिचालन गर्दै देश विकासमा टेवा पर्‍याउन सकिने सोचले रसियामा बस्ने नेपालीहरूको सक्रियतामा सन् २००३ अगस्टमा लन्डनमा एक भेला आयोजना गरी सोही वर्षको अक्टोबर ११ – १३ तारिखमा काठमाडौँमा पहिलो विश्व सम्मेलन गरेर विधिवतरुपमा गैर आवासीय नेपाली सङ्घको स्थापना भएको थियो।

लन्डन बैठकमा बेला रुसबाट डा. उपेन्द्र महतो, रसियाबाट भीम उदास र जीबा लामिछाने, जर्मनीबाट राम प्रताप थापा, अमेरिकाबाट राज उपाध्याय, अस्ट्रेलियाबाट दीपक खड्का, क्यानडाबाट कुञ्जर शर्मा, बेलायतबाट डा.राघव धिताल, चिरञ्जीवी ढकाल, हरि विभोर कार्की, मिना लामा, महन्त श्रेष्ठ, ध्रुव केसी, माधवलाल श्रेष्ठ, बालमकुन्द जोशी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.