मौलाकालिका मन्दिरमा दर्शनार्थीकाे घुइचाे

नवलपुर- पुर्वी नवलपरासीको गैंडाकोट नगरपालिका १ मा रहेको ऐतिहासिक मौलाकालिका मन्दिरमा नवदुर्गाको पूजा प्रारम्भ भएदेखि नै दर्शनार्थीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। विशेष गरी, बडादसैँको सप्तमी, अष्टमी र नवमीका दिन मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।

मन्दिर व्यवस्थापन समितिले भक्तजनलाई सहज बनाउन विभिन्न उपसमिति बनाएर सेवा प्रदान गरेको छ। नेपाल तथा भारतबाट हजारौँ दर्श नार्थी यहाँ आउने गरेका छन्। गैँडाकोटदेखि मन्दिरको फेदीसम्म केबुलकार सञ्चालनमा आएपछि दर्शनार्थीको सङ्ख्या अझै बढेको छ।

मन्दिर पुग्न केबलकार र गाडीको सुुबिधा भए पनि मन्दिरको फेदीबाट चार किलाुमटर हिडदै शिलालेखहरूको अवलोकन गर्नेहरूको सङ्ख्या बढी रहेको मौला कालिका मन्दिर सेवा समितिका सचिव श्यामसुन्दर पराजुुलीले बत्ताउनुभयो ।

१६औँ शताब्दीमा पाल्पाका राजा मणि मुकुन्द सेनले देवी कालिकाको प्रतीकका रूपमा मौलो गाडेर मन्दिरको स्थापना गरेको मानिन्छ। सप्तमीदेखि नवमीसम्म करिब २० हजारभन्दा बढी दर्श नार्थी आउने अनुमान गरिएको छ ।

भगवतीका भक्तहरू तथा धार्मिक पर्यटकहरूले यहाँ गरेका कतिपय भाकलहरू पुरा भएको जनविश्वास छ । यो मन्दिर धार्मिक तथा सांस्कृतिक दृष्टिले सबै भन्दा महत्त्व बोकेको भगबतकिो मन्दिर हो । यहाँ दैनिक रूपमा पुजा अर्चना गर्नेहरू को भीड नै लाग्ने गरेको हुन्छ भने बडा दशै र चैतेदशैमा यहाँ थेगिनिस्कनु भीड बढ्ने गरेको उपाध्यक्ष खगराज कडेंलले बत्ताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.