कमला ह्यारिसले गरिन आफ्नो मेडिकल रिपोर्ट सार्वजनिक

अमेरिकी उपराष्ट्रपति  एवं डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतिकी उम्मेद्वार कमला ह्यारिसले आफ्नो मेडिकल रिपोर्ट सार्वजनिक गर्नुभएको छ ।

नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै ह्यारिसले आफू शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहेको प्रमाण स्वरुप उहाँका चिकित्सकले दिएको रिपोर्ट सार्वजनिक गर्नुभएको हो ।

चुनावी प्रचारका लागि उत्तरी क्यारोलिना जानु अघि उपराष्ट्रपति ह्यारिसले आफ्ना प्रतिद्वन्दी ट्रम्पलाई पनि आफ्नो निरोगिताको प्रमाणपत्र पेस गर्न आव्हान गर्नुभएको छ ।

ट्रम्पमाथि आफ्नो स्वास्थ्य सम्बन्धि रिपोर्ट अपारदर्शी भएको आरोप लाग्दै आएको छ ।

ह्यारिसको मेडिकल रिपोर्ट सार्वजनिक भएसँगै ह्यारिस अभियानका प्रवक्ताले अब रिपोर्ट सार्वजनिक गर्ने पालो ट्रम्पको भएको बताएका छन् ।

ट्रम्प अभियानले एक विज्ञप्ति जारी गर्दै ट्रम्प पूर्ण रुपमा स्वस्थ रहेको र राष्ट्रपतिका रुपमा काम गर्न शारीरिक रुपमा तन्दुरुस्त रहेको स्पष्ट पारेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.