लमजुङमा जीप दुर्घटनाहुँदा २२ जना घाइते, पाँचकाे अवस्था गम्भीर

काठमाडौं– लमजुङको सारिङबाट सदरमुकाम बेंशीसहर जाँदै गरेको ग १ ज ८५५१ नम्बरको जीप मकैडाँडा मोडमा दुर्घटना भएकाे छ । दुर्घटनामा परि चालकसहित २२ जना घाइते भएका छन् भने घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाे छ ।

गंभिर घाइतेहरुमध्ये ४ जनाको टाउकोमा चोट लागेका कारण उपचारका लागि चितवन लगिएको छ ।

गम्भीर घाइते भएका पाँच जनालाई चितवनको भरतपुर रेफर गरिएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले लाई जानकारी दिनुभएकाे हाे । यस्तै, अन्य घाइतेकाे जिल्ला सदरमुकाममै उपचार भइरहेको छ  ।

जीप आज बिहान ११ः२० मा दुर्घटनामा परेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.