नदीले बगाएर एकजनाको मृत्यु

दमौली -यहाँको व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नदीले बगाएको स्थानदेखि एक किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिनुभयो । दसैंमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो । स्थानीयवासी र प्रहरीले खोजतलास गरी उनको शवको उद्धार गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.