जुवाखालबाट पाँच जना पक्राउ

नवलपुर-पूर्वी नवलपरासीमा जुवा खेल्दै गरेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीको विशेष टोलीले गएराति साढे ८ वजे एकलाख ४ हजार ५ सय ९५ रुपैया नगद सहित पाँचजनालाई पक्राउ गरेको हो ।

कावासोती नगरपालिका वडा नं. २ हिमालचोक स्थित एक घरमा जुवा खेलिरहेका उनिहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक जेसी शाहले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.