वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने

काभ्रे- वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने भएका छन् ।

बीपी राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारी साधनलाई आवागमन खुलाइएकोमा भोलिदेखि सो रुटमा अनुमति प्राप्त अन्य सवारी साधनलाई पनि सञ्चालन गर्न दिइने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

सो कार्यालयकाअनुसार बीपी राजमार्ग अर्न्तगत चौकीडाँडा र माम्ती खोला नजिकको डाइर्भसन सुधार गरी यसअघि राजमार्गमा यातायात सञ्चालनका लागि अनुमति प्राप्त सवारी साधन सावधानीपूर्वक सञ्चालन गर्न दिइनेछ ।

गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढीपहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेंसी वर्षेखोला खण्डको करिब ८ किलोमिटरभन्दा बढी लम्बाईको सडक पूर्ण रुपमा बगाएको थियो ।

सो खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले भने रातको समयमा यात्रा नगर्न कार्यालयले सूचनामार्फत सरोकारवालालाई अनुरोध गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.