लामो बिदापछि आजदेखि सरकारी कार्यालयहरु खुले

काठमाडौँ- दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थान लगायतका कार्यालयहरु आजदेखि  खुल्दैछन ।

फूलपातीका दिनदेखि द्वादशीसम्म बन्द रहेका कार्यालय आजदेखि खुल्न लागेका हुन् ।

आज सरकारी तथा सार्वजनिक कार्यालय खुल्ने भएकाले काठमाडौँ उपत्यकासहित देशभरका शहरमा चहलपहल बढ्न थालेको छ ।

दशैँमा गाउँ गएकाहरु फर्कन थालेसँगै शहरहरुमा फेरि भिडभाड शुरु भएको छ ।

मानिसहरुलाई आवतजावतमा भने सडकको समस्याका कारण केही असजिलो भएको छ ।

राजमार्गहरुमा सवारी चाप बढेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.