धादिङको एउटै गाउँपालिकाले खसी बोका बिक्रीबाट कमायो पाँच करोड

 धादिङ-   धादिङको एउटै गाउँपालिकाले दशैमा खसी बोका  बिक्रीबाट पाँच करोड भन्दा धेरै रकम भित्राएका छन् ।
हरेक वर्ष बिचौलियाका कारण दशैको वेला खसी बोका बिक्रीमा समस्या भोग्दै आएका यहाँका किसानहरूले गत वर्ष देखी भने स्थानीय सहकारी मार्फत खसी बोका बिक्री गर्न थालेका छन् जसको कारण राम्रो आम्दानी गर्न सकिएको किसानहरुको भनाई छ ।
किसानहरूले गत वर्ष भन्दा यस वर्षको निकै राम्रो आम्दानी गरेका छन्।  यसले गाउँमा आम्दानी मात्रै भित्रिएको छैन ,ग्रामीण महिलाहरु आर्थिक रूपमा आत्मा निर्भर समेत बनेका छन् ।
  धादिङको शिद्धलेक गाउँपालिका स्थित नालाङ्गका महिलाहरूले सामूहिक रूपमा सहकारीमा आबद्ध भई जिविकोपार्जनका लागी खसी बोका पाल्न सुरु गरेका हुन् । यसका लागी शिद्धलेक गाउँपालिकासँग सहकार्य गरी विभिन्न गैर सहकारी संस्थाले सहजीकरण गरेका छन् ।
किसानहरूले  बाख्रा पालनबाट  राम्रो आर्थिक आम्दानी हुने देखे पछि  व्यवसायी रूपमानै दसैँ लक्षित बाख्रा पालन सुरु गरेका  छन् ।
हरेक वर्ष आम्दानी समेत बढ्दो भए पछि शिद्धलेक गाउँपालिका स्थित नालङ्ग, सलाङ्ग र कुम्पुरका स्थानीय महिलाहरू अहिले घर धन्दा सकिए पछि आफूले पालेको खसी बाख्राको सिहारमा व्यस्त हुने गरेका छन् ।
यसरी राम्रो आम्दानी भए पछि घर चलाउन अत्यन्त सहज भएको र समुहमा मिलेर काम गर्दा एक अर्कामा सामाजिक सद्भाव पनि बढेको महिला किसानहरूको भनाई छ ।
आम्दानी राम्रो हुन थालेसँगै पहिले पहिले श्रीमानसंग घर चलाउन  घर खर्च माग्नु पर्ने अवस्थाका नलाङ्गका महिलाहरू अहिले आफै आत्मा निर्भर समेत भएका छन् ।
एकै परिवारले यस वर्षको दसैँमा खसी बोका बिक्रीबाट एक लाख पचास हजारदेखि दुई लाखसम्म बुझेका छन् ।
शिद्धलेक गाउँपालिकाको  नलाङ्गमा मात्रै यस वर्ष तिन हजार सात सय असी ओटा खसी बोका सहकारी मार्फत बिक्री गरेको तथ्याङ्क  महिला कृषि तथा पशुपालन सहकारीको रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.