बीपी राजमार्गमा आजबाट सवारी आवागमन खुल्ला

काठमाडौँ – दसैं अघि आएको बाढी र पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा आजबाट साविक बमोजिमकै सवारी आवागमन खुल्ला गरिएको छ । बाढी र पहिरोबाट राजमार्गको झण्डै १२ किलोमिटर सडक क्षतिग्रस्त भएपछि कतै एकतर्फी त कतै दुई तर्फी गरी सवारी संचालन गरिएको थियो ।

साना सवारी साधनलाई मात्रै अनुमति दिइएको यस राजमार्गमा आजदेखि भने साविकमा यातायात संचालनका लागि अनुमति पाएका सबै सवारी साधन संचालन गर्न खुल्ला गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

आजदेखि राजमार्ग अन्तर्गत् चौकीडाँडा र माम्ती खोला नजिकको डाइर्भसन सुधार गरी दुईतर्फी यातायात संचालनको व्यवस्था मिलाइएको हो ।

बाढी पहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेसी बर्षेखोला खण्डको करिब ८ किलोमिटरभन्दा बढी लम्बाईको सडक पूर्ण रुपमा बगाएकोले हाल नयाँ ट्रयाक निर्माण गरी सवारी साधनको लागि आवागमन खुलाइएको सडक डिभिजन कार्यालयले जनाएको छ । सडक खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले रातिको समयमा यात्रा नगर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.