३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से

काठमाडौँ- दसैँ बिदापछि खुलेको शेयर बजारमा आज नेप्से परिसूचक ३१ दशमवल ४८ अङ्कले बढेर दुई हजार छ सय ९९ दशमलव ६६ बिन्दुमा पुगेको छ । आज तीन सय सात कम्पनीका ६४ लाख १७ हजार दुई सय ६७ कित्ता शेयर रु तीन अर्ब ६ करोड २३ लाख ३७ हजारमा कारोबार भएको नेप्सेले जनाएको छ ।

आज दुई सय पाँच कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ । जानकी फाइनान्स कम्पनी लिमिटेड र मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक दश÷दश प्रतिशत कमाएका छन् । यस्तै मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले नौ दशमलव ३२, समृद्धि फाइनान्स कम्पनी छ दशमलव ८४, एनआइबिएल समृद्धि फण्ड–२ का शेयरधनीले छ दशमलव ७४ प्रतिशत कमाएका छन् ।

मध्य सोलु जलविद्युत् कम्पनीका लगानीकर्ताले १०, युनाइटेड मोदी जलविद्यु्त कम्पनीका पाँच दशमलव २५, युनिलिभर नेपाल लिमिटेड तीन दशमलव ८५, सामुदायिक लघुवित्त वित्तीय संस्था तीन दशमलव ६२ र एनआइसी एसिया सेलेक्ट फण्ड–३० का शेयरधनीले तीन दशमलव १९ प्रतिशतले घाटा बेहोरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.