नेपालकै लामो सुस्ता पुल हेर्न पर्यटकको घुईचोँ -फोटो फिचर

 

पश्चिम नवलपरासी-  पश्चिम नवलपरासीको सुस्ता स्थित नारायणी नदिमा नेपालकै लामो झोलुङ्गे पुल बनेपछि पुल हेर्न पर्यटकहरू दैनिक सुस्ता पुग्ने गरेका छन् । दसैँको बिदाको समयमा पर्यटकले पुल भरिएको देखिन्थ्यो । १५ सय ७१ मिटर लामो उक्त पुलले नारायणी पारीको सुस्ता गाँउलाई नेपाल सँग जोडेको छ । उक्त पुल नहुँदा वर्षो देखि सुस्ता गाउँका स्थानीय डुङ्गाको सहारामा नेपाल तर्फ आउजाउ गर्ने गर्दथे ।

सुस्तामा २ सय ६५ घरधुरी छ । उक्त पुलको राष्ट्रपति रामचन्द्र पौडेलले गत असोज १० गते उद्घाटन गर्नुभएको थियो । अहिले पुलले सुस्तालाई नेपाली भूमि सँग जोड्ने मात्र नभई पर्यटकीय आकर्षणको केन्द्र समेत बनेको छ । नेपालका विभिन्न स्थान र भारतबाट समेत पर्यटकहरू पुल हेर्न सुस्ता पुग्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.