दसैँ मनाउन गाउँ गएका फर्किन थालेसँगै बढ्यो काठमाडौँमा चहलपहल

काठमाडौँ – दसैँ मनाउन गाउँ गएका फर्किन थालेका छन् ।

नेपालीहरूको महान् चाड वडा दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर गएकाहरू फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिएको छ ।

काठमाडौँको कलङ्की, थानकोट, भक्तपुरका नाकामा सवारी साधनको लामो लाइन छ ।

दसैँको नवमी र दशमीका दिन काठमाडौँ उपत्यकामा यातायात सुनसान जस्तै भए पनि बिस्तारै गाउँ गएकाहरू उपत्यका नै फर्किन क्रम बढेसँगै सडकमा चहलपहल बढेको छ । गाउँबाट फर्किएकाहरू सडकमा सामान र बालबालिकाहरूसहित उभिएको देख्न सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.