इटहरीबाट ६ जना सडक मानवको उद्धार

 

सुनसरी – चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्ने मूल भावनाका साथ सुरु भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ का अभियन्ताहरूले इटहरी वाट आज ६ जना सडक मानवहरूलाई उद्धार गरेको छ ।

यो जिल्लाको इटहरी,धरान इनरुवालगायतका पालिकाहरूमा हुने यो यात्राले सडकमा भेटिएका सडक मानवहरूलाई उद्धार गरी विराटनगर स्थित सेवा केन्द्रमा राख्ने छ ।

सडकपेटिमा आश्रित असक्त,मानसिक अवस्था ठिक नभएको र घर बार विहीन अवस्थामा भेटिएका त्यसता व्यक्तिहरुलाइ आश्रममा राखेर औषधि उपचार देखी गासवास र कपासको प्रबन्ध गरिएको मानव सेवा आश्रम संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनु भएको छ ।

मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको विशेष अभियान अन्तरगत तीन दिन अघि  झापाबाट सुरु भएको यस अभियान अन्तरगत झापाको दमक नगरपालिकाबाट २ जना, मोरङको बेलबारीबाट २ जना, ग्रामथान गाउँपालिकाबाट १ जनाको र विराटनगर महानगरपालिका १५, राजमानकी मार्गबाट १ जनाको  उद्धार गरिएको हो । यात्राको पहिलो दिन सोमबार १० जना सडक आश्रित मानवहरूको उद्धार गरिएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.