राष्ट्रपतिबाट भक्तपुरस्थित नवदुर्गा भगवतीको पूजा अर्चना

काठमाडौं –  राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित भक्तपुरस्थित नवदुर्गा भगवतीको दर्शन तथा पूजा अर्चना गर्नुभएको छ ।

बडा दशैंको अन्तिम दिन अर्थात बुधबार आश्विन शुक्ल पूर्णिमाका दिन राष्ट्रपति पौडेलले त्यहाँ रहेको नवदुर्गा भगवतीको पूजा अर्चना गर्नुभएको हो । बडा दशैंको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित् नवदुर्गा भगवतीको पूजा अर्चना गर्ने प्रचलन छ ।

यसअघि राष्ट्रपति पौडेलले विभिन्न शक्तिपिठको दर्शन गरी पूजाअर्चना गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.