खराव मौसमका कारण रामेछाप-लुक्ला उडान प्रभावित

रामेछाप –रामेछापको मन्थली बिमानस्थलबाट लुक्लातर्फ जाने जहाजहरुले आज तेश्रो दिन पनि पुरा उडान भर्न सकेनन् ।

बुधबार बिहादैदेखी नियमित उडान भर्ने तयारीमा रहेका एयरलाइन्सहरुले रामेछापको मौसम खराव भएका कारण तेस्रो दिन पनि उडान गर्न नसकेका हुन् । आधा पनि उडान हुन नसक्दा अहिले पनि मन्थली बिमानस्थलमा करिव १ हजार पर्यटकहरु यात्राको प्रतिक्षामा रहेका छन् ।

अघिल्ला २ दिन सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब भएका कारण उडान हुन नसकेको भएपनि आज भने रामेछापको मन्थलीमा मौसम खराब भएका कारण उडान हुन नसकेको रामेछाप नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

दैनिक ६० भन्दा बढी उडान गर्ने मन्थली बिमानस्थलबाट आज जम्मा १८ वटा उडान मात्र भएका छन् । काठमाण्डौंबाट स्थलमार्ग हुँदै जहाज चढ्नका लागि पर्यटकहरु मन्थली बिमानस्थल आउने गरेका छन् ।

रामेछापको मौसम बिग्रिएका कारण आज बिहान ९ बजेबाट ११ः४० सम्म मात्र उडान संभव भएको रामेछाप नागरीक उड्डयन प्राधिकरणका एटिसी उत्सव पाण्डेले जानकारी दिनुभयो ।

मौसमले उडानहरु कम हुन थालेपछि केहि पर्यटकहरु भने स्थलमार्गबाट नै सोलुखुम्बुतर्फ जान थालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.