रास्वपाव्दारा प्रतिनिधिसभाको विशेष अधिवेशन माग

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि माग गरेको छ ।

रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जीवनका तमाम समसामयिक समस्याबारे तत्काल छलफल गर्न सो आह्वान गरेको हो । विशेष अधिवेशनका लागि रास्वपाले सबै राजनीतिक दलहरूको ध्यानाकर्षणसमेत गराएको छ ।

विपद्पछिको पुनःस्थापनामा सहयोग गर्नका लागि संसद्को विशेष अधिवेशन आवश्यक पर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.