सङ्कटमा नेपाली हाते कागज उद्योग 

धादिङ –  नेपाली हाते कागज भन्ने बित्तिकै सरकारी कामकाजका लागी प्रयोग हुने विशेष किसिमको कागज भन्ने बुझिन्छ ।

तर त्यही कागज उत्पादनमा भने सरकारको तर्फबाट कुनै सहयोग नपाएको हाते कागज उद्योग संञ्चालकहरुको गुनासो छ ।

न त  सरकारले यो कागज बनाउनका लागी प्रयोग हुने विशेष किसिमको वनस्पतिहरूको संरक्षणका सहयोग गरेको छ न त उद्योगी संञ्चालकहरुलाई कुनै सहयोग गरेको छ उद्योग संञ्चालकको गुनासो यस्तो छ।

यसले एका तीर हाते कागजको लागी पनि भारतीय बजारको भर पर्नु  पर्ने अवस्था आएको छ ,भने अर्को तिर यस्ता उद्योगहरू बन्द हुँदा गाउँघरमा नै काम गरी बसेका युवा जनशक्ति समेत वैदेशिक रोजगारीका लागी जानु पर्ने बाध्यता सिर्जना भएको कागज उद्योग संञ्चालकहरु बताउदछन्।

नेपाली कागज बनाउनका लागी प्रयोग गरिने सक्कली लोकताको  अभावका कारण धादिङमा सञ्चालन हुँदै आएको नेपाली हाते कागज उद्योग बन्द हुने अवस्थामा पुगेको छ ।

जसले गर्दा माग अनुसारको हाते कागज को उत्पादन गर्न नसकेको उद्योग सञ्चालकको भनाई छ । बजारमा नेपाली कागजको माग बढेको भए पनि लोकता र दक्ष जनशक्ति दुवैको कमीका कारण जिल्लामा स्थापना भएका उद्योगहरू नै सङ्कटमा परेको उनीहरूको भनाई छ ।

पहिले दैनिक  एक हजार देखी पन्ध्र सय ताउसम्म कागज उत्पादन गर्ने उद्योगहरूले अहिले  दुई सय ताउ कागज पनि उत्पादन गर्न नसकेको उद्योग सञ्चालकको भनाई छ ।

नेपाली कागज सरकारी कामकाजका लागी मात्र प्रयोग गरिने गरेको छ । धादिङमा रहेका नेपाली कागज उद्योगहरूले अहिले धादिङ र गोरखा बजारलाई समेत धान्न नसकेको बताइएको छ ।

कच्चा पदार्थको अभावमा अहिले नेपाली कागजको उत्पादन करिब ९० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.