मकवानपुरबाट जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ

मकवानपुर-  मकवानपुर प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नम्बर ६, भुलचोकस्थित कृष्ण पाख्रिनको गोठमा जुवा तास खेलिरहेका ८ जनालाई नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता श्याम अर्यालले जानकारी दिनुभयो ।

प्रहरीले ४५ हजार चार सय नगद सहित १० बुक तास समेत बरामद गरेको छ । पक्राउ पर्ने सबै मनहरी गाउँपालिका वडा नम्बर ६ का रहेका छन् ।

प्रहरीले गोठधनी वर्ष ४० का कृष्ण पाख्रिन सहित वर्ष ४७ का रेसम तामाङ, वर्ष २४ का रविन मोक्तान, वर्ष ५३ का गोपीलाल मोक्तान, वर्ष ४२ का अशोक राई, वर्ष ४० का कृष्ण थिङ, वर्ष ४५ का सन्तोष राई र वर्ष ३३ का विष्णु पाख्रिनलाई नियन्त्रणमा लिएको छ । उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.