बेलिब्रीजले जोडियो खुर्कोट मन्थली

सिन्धुली-  बेलिब्रीजले खुर्कोट र रामेछाप जोडिएको छ ।

खुर्कोट र रामेछाप जोड्ने गरी सुनकोसी नदिमा माथि निर्माण भएको पुल सुनकोसीको बाढीले बगाएपछि टुटेको सडक सम्बन्ध बेलिब्रीजले फेरि जोडेको छ ।

गत असोज ११ र १२ गते सुनकोसीमा आएको बाढीले करिब १० बर्स अगाडि बनेको खुर्कोट मन्थली सडक खण्डको पक्की पुलको रामेछाप तर्फको भाग बगाएको थियो ।

पुल बगाएपछि रामेछाप सिन्धुली आवतजावतमा समस्या भएपछि नेपाली सेनाले असोज २१ गतेबाट बेलिब्रीज निर्माणको काम गरिरहेको छ ।

बेलिब्रीजले खुर्कोट मन्थली सडक जोड्ने काम भएको छ तर अरू थप केही काम बाकी छ, नम्बर १४ बाहिनी अड्डा काठमाडौँबाट खटिएका नेपाली सेनाका फिल्ड कमान्डर प्रमुख सेनानी कर्णेल नारायण तुम्बाहाम्फेले भन्नुभयो ।

सुनकोसीले बगाएर आधा बाकी रहेको पक्की पुलमाथिबाट १८० फिट लामो बेलिब्रीज जडान गरी रामेछाप तर्फ जोडिएको उहाँको भनाइ छ ।

बेलिब्रीजलाइ सुरक्षित तबले रामेछाप तर्फ टेकाउने काम भएको छ, नेपाल टेलिभिजन सग कुराकानी गर्दै उहाँले भन्नुभयो, तर थप काम बाकी छ करिब २ फिट जति र्याम जोड्ने काम बाकी छ, रामेछाप तर्फ भत्किएको सडक बनाउने काम सडक विभागले गरिरहेको छ ।

बेलिब्रीज निर्माणको काम ९० प्रतिशत पूरा भइसकेकाले केही दिन भित्रै बेलिब्रीज जडानको काम सम्पन्न गरी सवारी सञ्चालन गर्न सकिने गरी तयारी भएको सेनाले जनाएको छ ।

गत असोज ११ र १२ गते आएको अविरल बर्षासँगैको बाढीले सुनकोसी नदी माथिको पक्की पुलको रामेछाप तर्फ बनाएपछि खुर्कोट मन्थली सडक खण्ड अवरुद्ध भएको थियो ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाट जोड्ने सुनकोसी नदीको पुल बगाएपछि नेपाली सेनाले तत्कालै बेलिब्रिज निर्माणको काम थालेको थियो ।

नेपाली सेनाको १४ बाहिनी अड्डा एरर्पोर्टको पुल महाशाखाले बेलिब्रिज निर्माणको काम गरिरहेको छ भने सडक निर्माणको काम सडक विभागले गरेको छ । करिब १ सय मिटर लामो पुलको रामेछाप तर्फको स्पान सुनकोसीको बाढीले बगाएपछि बेलिब्रीज निर्माण गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.