नयाँ गन्तव्यका रुपमा युरोपेली मुलुकहरुसँग पनि श्रम सम्झौता गर्ने सरकारको तयारी

काठमाडौँ – खाडी मुलुक केन्द्रित वैदेशिक रोजगारीलाई प्राथमिकता दिएको नेपालले अव भने नयाँ गन्तव्य मुलुकहरूसँग श्रम सम्झौताको तयारी गरेको छ ।

नेपालले हालसम्म १२ वटा मुलुकमा श्रम सम्झौता गरिसकेको छ । अव नयाँ गन्तव्य अर्थात् युरोपेली मुलुकहरूसँग श्रम सम्झौताका लागि नेपाल सरकारले विभिन्न चरणका छलफल गदै आएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय युरोपका मुलुकबाट नेपाली दक्ष कामदारको माग बढी आएका कारण त्यसतर्फ सरकारले तयारी थालेको हो । अहिले युरोपेली मुलुकहरू जर्मन, स्पेन, पोर्चुगल,माल्टा,पोल्यान्ड,क्रोएसियाबाट नेपाली दक्ष कामदारको माग बढी आएको मन्त्रालयले जनाएको छ ।

खाडी मुलुकभन्दा युरोपियन मुलुकमा राम्रो सेवा सुविधा सहित सुरक्षित रोजगारीको व्यवस्था भएका कारण अव देखि  वैदेशिक रोजगार जाने नेपाली कामदारलाई युरोप गन्तव्य बनाउने तयारी सरकारले गरेको हो ।

त्यसका लागि सरकार सम्बन्धित मुलुकमा रहेका नेपाल स्थित नियोगसँग निरन्तर छलफलमा रहेको र केही मुलुकसँग आउँदो मङ्सिर भित्र श्रम सम्झौता गर्ने तयारी छ ।

युरोपका नयाँ गन्तव्य मुलुकमा भने दक्ष कामदार मात्र पठाउने गरी द्विपक्षीय श्रम सम्झौता गर्ने तयारी मन्त्रालयको छ ।

नेपालले २०५२ सालदेखि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृत दिने गरेको छ । हालसम्म मलेसिया, कतार, कोरिया, युएई, बहराइन,जापान, इजरायल, मोरीसस,जोर्डन,कुवेत,रोमानिया साउदी अरविया गरी १२ वटा मुलुकसँग श्रम सम्झौता गरिसकेको  छ ।

सय ११ मुलुकमा संस्थागत र १ सय ७८ मुलुकमा व्यक्तिगत रूपमा कामदारहरू वैदेशिक रोजगारका लागि जाने गरेका छन् । २०५२ सालदेखि हालसम्म करिब ८४ लाखले श्रम स्कीकृत लिई सकेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.