इजरायली सैन्य कारवाहीमा हमासका प्रमुख नेता मारिएको पुष्टि

काठमाडौं- हमासका प्रमुख नेता याह्या सिनवार मारिएको इजरायली सेनाले पुष्टि गरेको छ । इजरायली सेनाको सैन्य कारवाहीका क्रममा दक्षिणी गाजामा सिनवार मारिएका हुन् ।

सिनवार योजनावद्ध विशेष सैन्य कारवाहीमा भने मारिएका होइनन् । इजरायली सेनाले गरिरहेको नियमित कारवाहीमा परी सिनवारको मृत्यु भएको हो ।

सिनवारले सन् २०१७ देखि हमासको सैन्य समूहको नेतृत्व गरिरहेका थिए । गत वर्षको ७ अक्टोबरमा इजरायलमा भएको हमलाको मुख्य योजनाकारका रुपमा सिनवार रहेको बेलायत, अमेरिका र इजरायलले जनाएका छन् ।

७ अक्टोबरको हमलामा इजरायलमा झण्डै १२ सय जना मारिनुका साथै २ सय ५० जनाभन्दा बढीलाई बन्धक बनाइएको थियो । गाजामा हमास विरुद्धको युद्धमा याह्या सिनवारको हत्या इजरायलको अहिलेसम्मको सबैभन्दा ठूलो विजय हो ।

सिनवारको मृत्यु हमासको लागि भने गम्भीर धक्का लागेको छ । उनी योजनाबद्ध विशेष सैन्य कारवाहीमा मारिएका नभई दक्षिणी गाजाको रफाहमा इजरायली सेनासँगको अपर्झटको भिडन्तमा मारिएका हुन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना सैनिकको प्रशंसा गर्दै जतिसुकै ठूलो जित भए पनि यो युद्धको अन्त्य नभएको बताउनु भएको छ ।

साथै घटनास्थलमा बन्धकहरुको कुनै संकेत नदेखिएको बताउनुभयो । सिनवार सुरक्षाका लागि इजरायली बन्धकहरुसँगै यात्रा गर्ने गरेको दाबी गरिन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.