धान उत्पादन घट्ने

 काठमाडौँ – बाढी र पहिरोले खेती योग्य जमिन नष्ट भएपछि यो वर्ष धान उत्पादन घट्ने देखिएको छ । गत वर्षको तुलनामा यो वर्ष १ लाख मेट्रिक टन धान उत्पादन घट्ने सरकारको अनुमान छ ।

अविरल वर्षका कारण बाढी पहिरो तथा ढुवानले खेती योग्य जमिन नष्ट भएकाले यो वर्ष धान उत्पादन घट्ने सरकारले आङ्कलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा १ लाख १६ अजार ९ सय ९२ मेट्रिक टन धान उत्पादन घट्ने अनुमान गरिएको हो । गत वर्ष ५७ लाख २४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

बाढी पहिरोका कारण मूलकभर ६१ हजार ८ सय ९० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन नष्ट भई ३ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ । जसमा ५८ हजार ४ सय ७६ हेक्टर क्षेत्रफल  धान उत्पादन हुने जमिन हो । यो क्षति सबैभन्दा बढी अन्नबाली उत्पादन हुने तराई मधेस प्रदेशमा ४२ हजार ६९ हेक्टर क्षेत्रफलमा भएको छ । जसले गर्दा धान उत्पादनलाई निकै क्षति पुर्‍याएको सरकारको भनाई छ ।

बाढी पहिरो तथा ढुवानका कारण देशभर २६ हजार २ सय पशुपक्षीको  मृत्यु भएको छ । तर बिमा गरेका किसानहरूलाई सरकारले बिमा बापतको ८० प्रतिशत रकम क्षतिपूर्ति तथा अनुदान स्वरूप दिने जनाएको छ ।

बाढी पहिरोका कारण समग्र कृषि तथा पशुपालन क्षेत्रमा ६ अर्बको क्षति भएको छ । हाल नेपालमा करिब १९ लाख सूचिकृत किसानको सङ्ख्या  छ  भने लाखौँ परिवार कृषि पेसामा आर्षित छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.