डेंगुको सङ्क्रमण बढेसँगै देशभर रगतको कमी

रगत सङ्कलनमा कमी आएसँगै प्लेट लेट रिच प्लाज्माको माग बढ्यो

काठमाडौँ – डेंगुको सङ्क्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ ।

बाढी,पहिरो, डेंगु र चाडबाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन सुरु भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको हो ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले अहिले दैनिक रूपमा माग पनि दसैँ तिहारले गर्दा पहिलाको तुलनामा सङ्कलन र माग कम भएको बताउनु भयो ।

उहाँले अहिले डेंगु बढेकाले प्लेट लेट रिच प्लाज्माको भने माग बढेको बताउनु भयो । उहाँले प्लेट लेटको माग दिनानुदिन बढ्दै गए पनि दसैँ,तिहार जस्ता चाडपर्वले मानिसहरू घर जाने र रगत सङ्कलन कम हुने गर्दा माग पूरा गर्न कठिनाइ भइरहेको बताउनु भयो । उहाँले रातो रगत, होल ब्लडहरू भने रेडक्रससँग पर्याप्त रहेको बताउनु भयो ।

उहाँले पिआरपीको लागि प्रत्येक दिन ताजा रगतको आवश्यक पर्ने तर रक्तदान गर्नेहरूको कमीका कारण माग पूरा गर्न कठिन भएको बताउनु भयो । उहाँले एक जना बिरामीको लागि ७ वटासम्म पिआरपी माग हुने गरेको बताउनु भयो । अहिले रेडक्रसले ७० प्रतिशतसम्म माग पूरा गर्न सकेको पनि बताउनु भयो ।

निर्देशक गुप्ताले डेंगु बढेका कारणले पिआरपीको माग बढिरहेको भन्दै पिआरपीको माग सम्बोधन गर्न दैनिक रूपमा रगत सङ्कलन गर्नुपर्ने बताउनु भयो । नजिक र पायक पर्ने ठाउँमा रक्तदान गर्न पनि रेडक्रसको तर्फबाट आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले दैनिक रूपमा माग पनि दसैँ तिहारले गर्दा पहिलाको तुलनामा कम देखिएको छ तर प्लेट लेट प्रडक्ट (पिआरपी) र प्लेट लेट कन्सर्टेटको माग अत्याधिक रूपमा बढेको छ । यो बढ्नुको पछाडि मुख्य कारण हो, जुन अहिले डेंगुको सङ्क्रमण जुन बढिरहेको त्यसले प्लेट लेटको माग बढेको छ । हामीसँग प्लेट लेट बाहेकको प्रोडक्टहरु जस्तै रातो रगत, होल ब्लडहरू पर्याप्त मात्रामा छ । नभएको पिआरपी हो । पिआरपीको माग बढ्दो माग भएको कारणले गर्दा पिआरपीको लागि हामी स्ट्रगल गरिरहेका छौँ । कसरी पु¥याउने र यसको व्यवस्थापनको लागि प्रत्येक दिन ब्लड कलेक्सन हुनुपर्छ । पिआरपी बनाउनको लागि हामीलाई फ्रेस ब्लड चाहिन्छ । रगत कलेक्सन भएको ६ देखि ८ घण्टाभित्र हामिले  पिआरपी छुटाउनुपर्छ । स्टक ब्लडबाट यो बनाउन मिल्दैन । दसैँदेखि तिहारसम्म हाम्रो डोनेसन सङ्ख्या घट्छ वर्षौँदेखि । एक जना बिरामीको लागि ७ वटासम्म पिआरपी  प्रडक्ट माग हुन्छ । हामीले अहिले ६० देखि ७० प्रतिशत माग पूरा गर्न सकेका छौँ ।’

उहाँले बढी रगत सङ्कलनका लागि आवश्यक पहलकदमी भइरहेको पनि बताउनु भयो । उहाँले डेंगुको महामारी जारी रहेकाले रगतको अभाव भइरहेको भन्दै सबैले रक्तदान गर्न आह्वान गर्नुभयो । प्रत्येक दिन एक सयदेखि डेढ सय युनिट रगत प्लेट लेट बनाउन ब्यागमा रगत सङ्कलन गरिरहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.