समस्याग्रस्त घोषित शहकारीका ऋणीलाइ १५ दिन भित्र ऋण तिर्न आग्रह

आग्रहलाइ अटेर गरे जमानी बस्ने समेतको सम्पती रोक्का गरी कालो सुचीमा राख्ने चेतावनी

काठमाडौँ – समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र लिएको ऋण भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरिएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरी समस्याग्रस्त घोषित सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य र कर्मचारीलाई पटकपटक ३५ दिने सूचना, पत्राचार गर्दा पनि केही ऋणी बाहेक अधिकांश सम्पर्कमा नआएकाले सार्वजनिक सूचना मार्फत १५ दिनभित्र दायित्व भुक्तानी गर्न निर्देशन दिएको हो ।

कात्तिक १ गतेदेखि १५ दिनभित्र पनि दायित्व भुक्तानी गर्न नआउने ऋणी तथा जमानीकर्ता र निजका एका घरका परिवारका सदस्यको सम्पत्ति बैंक खाता रोक्का राख्ने, कालोसूचीमा राखेर रोक्का राखिएको सम्पती र बैंक खाताबाट असुलउपर गरिने पनि सूचनामा उल्लेख छ ।

सरकारले करिब दुई दर्जन सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.