पाँचबर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईंदै

काठमाडौँ – भिटामिन ए तथा जुकाको औषधि आज र भोली मुलुकभरका पाँचबर्ष मुनिका बालबालिकालाई खुवाईंदैछ ।

सरकारले भिटामिन ए क्याप्सुल सन् १९९३ देखि र भिटामिन ए सँगै जुकाको औषधि सन् २००१ देखि अभियानकै रुपमा खुवाउन सुरु गरेको हो ।

६ महिनादेखि ५९ महिना उमेर समूहका सम्पुर्ण बालबालिका हरुलाई खुवाइने भिटामिन ए को क्याप्सुल र १ बर्षदेखि ५ बर्ष मुनिका बालबालिकालाई खुवाइने जुकाको औषधि अभियान अन्तर्गत खुवाइनेछ ।

यी औषधिले बालबालिकालाई कमजोर हुनबाट बचाउनुकासाथै लुलो लङ्गडो लगायतका शारीरिक अपाइता हुनबाट समेत रोक्छ ।

यसैगरि अरु रोगसँग लड्ने क्षमता बढाउनुकासाथै रतन्धो जस्तो घातक रोग हुनबाट समेत यसले रोक्ने गरेको चिकित्सकहरु बताउँछन् ।

सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका मार्फत् अर्धवार्षिक रुपमा कार्तीक र वैशाख महिनामा जुकाको औषधि र भिटामिन ए खुवाइने गरिन्छ । नेपाल सरकारले निशुल्क रुपमा यी औषधि बितरण गर्दै आएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.