पत्रकार सम्मेलनपछि पार्टी कार्यालयबाट गिरफ्तारी दिदैं रवि लामिछाने

काठमाडौँ- सहकारी ठगी प्रकरणमा प्रकाउ पर्ने निश्चित भएसँग रास्वापा पार्टी सभापतिले पार्टी कार्यालयबाटै गिरफ्तारी दिने तयारी गर्नु भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीलाई गिराफ्तरी दिने तयारी रहेको रास्वपा नेताले जानकारी दिनु भएको छ । “हामी कानुनी राज्यको सम्मान गर्छौँ । हामी सहजरूपमा गिरफ्तारी दिन्छौँ, प्रतिकार गर्दैनौँ ।” रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले भन्नु भयो ।  पार्टी कार्यालयमा लामिछानेले पत्रकार सम्मेलनमा आफुले कुनै अपराध नगरेको न्यायीक प्रक्रियामा सघाउने बताउनु भयो  । यसको समाना गर्न पनि उहाँले पार्टी कार्यकर्ता नेतासँग आग्रह गरे ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.