भारतीय दूतावासमा दसैँ, तिहार र छठ महोत्सव
काठमाडौँ – नेपालस्थित भारतीय दूतावासले दसैँ, तिहार र छठको अवसरमा सांस्कृतिक महोत्सव मनाएको छ । दूतावास परिसरमा बिहीबार साँझ आयोजना गरेको कार्यक्रममा नेपाल–भारतका विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा विभिन्न दलका नेता, सांसदलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।सो अवसरमा नेपाल र भारतका परम्परागत परिकारका साथै ‘पिङ’ खेलको समेतआयोजना गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्