सहज छैन वि.पी राजमार्गको यात्रा

काभ्रे  – बाढी र पहिरोका कारण वि.पी राजमार्गको विभिन्न स्थान अवरुद्ध भएको र नयाँ ट्र्याक खोलेर अस्थायी बाटो बनाइएसँगै जोखिम मोलेरै राजमार्गमा यात्रुहरूले यात्रा गरिरहेका छन् । नयाँ“ ट्र्याक खोलिएको सवारी चाप बढेसँगै साना सवारीलाई यात्रा गर्न धेरै कष्ट भएको यात्रुहरूले बताएका छन् ।
बाढी र पहिरोले क्षतविक्षत बनाएको बि.पी राजमार्गमा अस्थायी ट्र्याक खोल्नको लागि गाउँ“पालिकाले सडक डिभिजन कार्यालयसग पहल गरेपछि भकुण्डेवेसी चौकिडा“डा देखि बर्षेखोला सम्म नयाँ“ अस्थायी ट्र्याक खोलिएको रोशी गाउँ“पालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो । उहाँका अनुसार, हाल खोलिएको नयाँ“ ट्रयाकमा यात्रुहरू निकै कष्टकर यात्रा गर्नु परिरहेको छ । बाटो सा“घुरो, खाल्डा–खुल्डी, घण्टौंसम्मको जामले यात्रुहरूले सास्ती झेल्नुपरेको बताउनु हुन्छ  । हाल साना सवारीलाई नै उक्त सडकमा निकै गाह्रो भएको देखिएको उनले बताए । सडक डिभिजन तथा सम्बन्धित निकायसग आवश्यक समन्वय गरेर बाटोमा देखिएका जोखिमको न्यूनिकरण गर्न गाउँपालिकाले पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो  ।
काभ्रे जिल्ला अन्तर्गत क्षतविक्षत रहेको भकुण्डेवेसी चौकिडाँडा देखि बर्षेखोला सम्मको सडक खण्डहरुमा नयाँ ट्र्याक निमार्ण  गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्यमा प्रहरीले आवश्यक सहजीकरण गरिरहेको इलाका प्रहरी कार्यालय मंगलटारका इन्चार्ज कृष्ण गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार, सडक साँघुरो भएकाले केही ठाउँमा एकतर्फी पनि बनाइएको छ । सडकमा खटिएका प्रहरीले कहाँ कस्तो जोखिमको बारेमा जानकारी गराउने र आवश्यक सुधार गर्ने काम भइरहेको उहाँले बताउनु भयो।
उक्त खण्डमा सुख्खा पहिरो झर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै असोज ३० गते सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गर्दै काभ्रे जिल्ला अन्तर्गत क्षतविक्षत रहेको भकुण्डेवेसी चौकिडा“डा देखि बर्षेखोला सम्म साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिने जानकारी गराएको थियो । काभ्रे जिल्ला अन्तर्गत क्षतविक्षत रहेको भकुण्डेवेसी चौकिडाँडा देखि बर्षेखोला सम्मको सडक खण्डहरुमा नयाँ“ ट्र्याक निमार्ण  गरी यात्रा थप सरल तथा सुरक्षित बनाउनका लागि रातको समयमा सो सडक खण्डमा यातायात सञ्चालन बन्द गरिएको कार्यालयले जनाएको छ ।
बर्दिबासदेखि धुलिखेलसम्म कुल १६० किलोमिटर लामो बिपी राजमार्गको काभ्रेको भकुण्डेबसी खण्डदेखि नेपालथोकसम्म असोज महिनाको १०, ११ र १२ गतेको अविरल वर्षापछिको रोशी खोलामा आएको बढीले १० किलो मिटरभन्दा बढी सडक भत्काएको थियो । भत्काएको ठाउँमा कतै एकतर्फी र कतै दोहोरो यातायात सञ्चालन हुने गरी अस्थायी ट्र्याक सडक निर्माण गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.