पोखरामा रास्वपाको प्रदर्शन

कास्की – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेकोमा रास्वपाका नेता÷कार्यकर्ताहरूले विरोध जनाएका छन् ।

शनिवार बिहानैदेखि पोखरामा भेला भई रास्वपाका नेता÷कार्यकर्ताहरूले विरोध जनाएका हुन् । उनीहरूले बिना कारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए । उनीहरुले सहकारी पीडितलाई न्याय दे, मानव तस्करहरुलाई कारबाही गर, दलाल माफियाहरू होसियार लगायतका प्लेकार्ड र नारा लगाइ विरोध जनाएका हुन् । रास्वपा सभापति लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रवार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो । सभापति लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुनेछ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.