झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा- पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको कमलमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

कमल गाउँपालिका वडा नं. ५ रवि पेट्रोलपम्प नजिकै पश्चिमबाट पूर्वतर्फ गईरहेको प्रदेश नं. १-०१-ख ३४३५ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शनिवार भएको दुर्घटनामा मोरङको केराबारी गाउँपालिका वडा नं. ७ बस्ने अन्दाजी ५५ बर्षका पदम मुकारुम राईको घटनास्थलमै मृत्यु भएको बताइएको छ । सडक दुघर्टना पछि आक्रोशित भीडले बसमा आगजनी र क्षति समेत पुर्‍याएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.