सहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीतिहरू ल्याउँदैछौँः उपप्रधानमन्त्री सिंह

काठमाडौँ – उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले सहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरू ल्याउन जोड दिएको बताउनुभएको छ ।

आइतबार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले नीति निर्माणका लागि मन्त्रालय गम्भीर भएर लागेको बताउनु भयो । उहाँले सहरी विकास मन्त्रालयले सय दिनमा कुनै पनि उल्लेखनीय काम गर्न नसक्ने भन्दै सुरु भएका कामहरूलाई सम्पन्न गर्नेतर्फ मन्त्रालय अग्रसर रहेको उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयलाई अझ व्यवस्थित गर्नको लागि सहरहरू व्यवस्थित गर्ने काममा आफूहरू लागि परेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको असर विकराल बन्दै गएकाले सहर र गाउँलाई सुरक्षित गर्ने काममा सरकार गम्भीर भएर लागेको पनि बताउनु भयो । उहाँले सरकारले गरेका राम्रा कामहरू सञ्चारमाध्यमहरूले प्रसारण गर्न कन्जुस्याइँ गर्न नहुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले केही भएको छैन, के गरे यिनीहरूले भन्छ तर रिजल्ट देख्नलाई पनि त समय त लाग्दो रहेछ नि त । यो सय दिनमा हामीले त्यस्तो उल्लेखनीय काम नगरेकै हो भनेर म यहाँ भन्न चाहन्छु । तर कुरा के हो भने मन्त्रालयलाई अझ व्यवस्थित गर्नको लागि हामीले सहरहरू व्यवस्थित गर्नको लागि, क्लाइमेटको अहिले त्यत्रो सनसनी भइरहेको छ । यो सहरहरूलाई सेफ गर्नको लागि गर्नुपर्ने कामहरू त्यसको लागि पोसिलीमा जोड दिएर हामी अघि बढ्नुपर्छ भन्ने कुरामा काम गरिरहेका छौँ । सहरी विकास मन्त्रालयबाट सय दिनमा नयाँ घोषणा गरेर सम्पन्न गरेको के हो ? भन्नुभयो भने त्यो गाह्रो हुन्छ । म यहाँ आइसकेपछि पनि मैले यही मन्त्रालयसँग सम्बन्धित प्रेसलाई पनि टाइम टु टाइम मिट गरेर सुझाव मागेका छौँ । जे काम गर्छौँ हामी खुला रूपमा गर्न चाहन्छौँ । राम्रा राम्रा काम गरेको बारेमा पनि मिडियाले भन्नु र्‍यो । धरहरा केही समयको लागि निःशुल्क खुलाएका छौँ नि । गरेको कुरा त गरेको छ भनेर भन्नुपर्छ नि । मन्त्रालयबाट गर्नुपर्ने पोसिली मेटर्सहरुमा पनि हामी गम्भीर भएर लागेका छौँ । काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरू ल्याउन जोड दिइरहेका छौँ ।’

उपप्रधानमन्त्री सिंहले धरहरा निःशुल्क रूपमा चढ्न दिने लगायतका सरकारले गरेका राम्रा कामहरूको प्रचारप्रसार कम भएकोप्रति असन्तुष्टि जनाउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.