पोखरामा निषेधित क्षेत्रमा प्रदर्शन

कास्की – रास्वपाका सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा प्रदर्शन भइरहेको छ ।

निषेधाज्ञाका बिच पनि रास्वपाका नेता तथा कार्याकर्ताहरुले प्रदर्शन गरेपछि प्रहरीले रोक्न खोज्दा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको छ ।

प्रदर्शनकारीले चर्का नारबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । उनीहरुले सहिद चोकमा प्रदर्शन गरिरहेका छन् । प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन नगर्न माईकिङ​ गरिरहेको छ ।

रास्वपाका सभापति लामिछानेलाई सहकारी ठगीमा आज अदालतमा पेस गर्न लागिएको बेला प्रदर्शन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.