पूर्व सैनिक विष्फोटक पदार्थसहित पक्राउ

स्याङ्जा- स्याङ्जाको चापाकोट नगरपालिका-४ का नेपाली सेनाबाट अवकाश प्राप्त गोविन्द पुरी विष्फोटक पदार्थसहित पक्राउ परेका छन् ।

दुईबर्ष अगाडी नेपाली सेनाबाट अवकाश पाएका ४५ बर्षिय पुरीको घरबाट ठूलो मात्रामा बिष्फोटक पदार्थसहित पक्राउ परेका हुन् । शनिवार घरको तेस्रो तलाबाट दोस्रो तलामा भाँडाहरु सार्ने क्रममा सकेट बम विष्फोट भएर पुरी घाइते भएका थिए ।

घरमा भाडाँवर्तन सार्ने क्रममा सकेटबम पड्किएर पुरी घाइते भएको खबर इलाका प्रहरी कार्यालय चापाकोटलाई पुगेपछि प्रहरी घट्नास्थलमा पुगेको थियो । प्रहरीले विष्फोटबाट घाइते भएका पुरीलाई थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा पठाएको थियो ।

उपचारपछि अस्पतालले पुरीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको भन्दै घरमा पठाएसँगै प्रहरीले थप अनुसन्धान गर्न उनलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक हरी पौडेलले जानकारी दिनुभयो ।

पुरीको घरबाट थप ठूलो परिणाममा विष्फोटक पदार्थ फेला पारेको डिएसपी पौडेलले बताउनुभयो । उहाँका अनुसार पुरीको घरबाट बिस्फोट नभएको ९ सय ग्राम बारुद, डेटकड २ थान, जंगी राउण्ड १ थान र खाली खोका २ थान बरामद गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.