गण्डकी प्रदेशको वन मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त

पोखरा – गण्डकी प्रदेशको वन मन्त्रीमा काँग्रेसका भेषबहादुर पौडेल नियुक्त हुनुभएको छ।

स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले राजीनामा दिएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई नियुक्त गर्नुभएको हो ।

योसँगै गण्डकी सरकारले पूर्णता पाएको छ । पौडेलको आजै शपथ लिने कार्यक्रम रहेको छ । साढे ४ बजे शपथको तयारी भएको स्रोतले जनाएको छ ।

मनाङेले भौतिकबाट वनमा सारेपछि मन्त्री पदबाटै राजीनामा दिनुभएको थियो । गण्डकीमा हाल ९ वटा मन्त्रालय छ।  जसमा काङ्ग्रेसबाट ४, एमालेबाट ४ र नेपाल समाजवादीबाट एक जना मन्त्री बन्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.