बाढी पीडितलाई आयल निगमको तीन करोड सहयोग

काठमाडौँ – नेपाल आयल निगमले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत र पुनः स्थापना गर्नका लागि तीन करोड रुपैयाँ सहयोग गरेको छ । बाढी पीडितलाई सघाउन आयल निगमका कार्यकारी निर्देशक डा चण्डिका प्रसाद भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन करोड रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितिमा निगमको कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बजेट सहयोग गरेको निगमका कार्यकारी निर्देशक भट्टले बताउनु भयो ।

निगमले उद्धार कोषमार्फत बाढी पीडितसम्म राहत पुर्‍याउन सहयोग गरेको जनाएको छ । ‘आशा छ, आयल निगमको सानो सहयोगले केही बिस्थापितहरुलाई पुनः स्थापना गराउन सहयोग पुग्नेछ, ’ भट्टले भन्नुभयो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.