वर्षैपिच्छे आउने बाढीलाई बेवास्ता गर्दा बढी क्षति व्यहोर्नुपर्‍योः प्रमुख महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बाढी आउँछ भन्ने पूर्व सूचनापछि पनि लापरबाही गर्दा बढी क्षति व्यहोर्नुपरेको बताउनुभएको छ ।

सोमवार ललितपुरमा आयोजित गत असोज ११ र १२ गते आएको बाढीका कारण नदी किनारमा थुप्रिएको फोहोर मैला सरसफाइ सम्बन्धी तयारी बैठकमा बोल्दै बोल्दै उहाँले मेट्रोलोजिकल डिपार्टमेन्टले बाढी आउँदै छ भन्ने पूर्व सूचना दिएपछि लापरबाही गर्दा बढी क्षति भएको बताउनुभएको हो । उहाँले असोज ११ र १२ गते आएको अविरल वर्षा र त्यसपछिको बाढीका कारण ललितपुरमा ठुलो जनधनको क्षति भएको बताउनु भयो । पूर्वानुमानअनुसार सूचना प्रवाह गरेको भए पनि त्यसलाई सजगतापूर्वक नलिइएकाले बढी क्षति भएको उहाँको भनाइ छ । उहाँले भूकम्प आउँछ भनेर सावधानी अपनाउने तर वर्षैपिच्छे आउने बाढीमा सावधानी नअपनाउँदा बढी क्षति व्यहोर्नुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘थोर बहुत नेपालको मेट्रोलोजिकल डिपार्टमेन्टले आउँदै छ है भनेर हामीलाई सावधान गरेको थियो । तर हामी कोही पनि सिरियस भएनौँ । पहिला पनि भनेको थियो, भन्दै गर्छ नि, भन्ने किसिमको भयो । तर साँच्चै नै आउँदा महाभारत भयो । के गर्ने के गर्ने भयो । त्यसले धेरै वितण्डा मच्चायो । हामी ललितपुर महानगरपालिका हामीले क्लेम गर्दै आइरहेका छौँ की विपद्मा ललितपुर महानगरपालिका यो मुलुकको ७५३ वटा पालिकामध्ये हामी अब्बल छौँ भनेर । तर त्यो दिन हामीले मार्जिनली सेवा प्रवाह ग¥यौँ । तर जति गर्नुपर्ने थियो त्यति गर्न सकेनौँ । त्यसबाट हामीले पाठ सिक्यौँ । भूकम्प आयो भने सबैले धेरै ध्यान दिने, बाढीलाई ध्यान नदिने ? जुन कुरा वर्षैपिच्छे आइरहन्छ । यस वर्ष बेस्सरी आयो । २०३८ सालको असोज १३ गते लेले बगाएर ल्याएको थियो ।’

मेयर महर्जनले २०३८ सालको असोज १३ गतेपछि ललितपुरमा हालसम्मकै ठुलो बाढी आएको बताउनु भयो । बाढीले थुपारेको फोहोर सरसफाइमा वडाहरूले चासो नदिएको भन्दै सरसफाइमा जोड दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.