पूर्वी नवलपरासीमा काटेकाे धान भिज्याे

नवलपुर- नवलपुरका विभिन्न स्थानमा तीन दिनदेखि लगातार छोटो छोटो झरी भइरहेको छ। यो तीन दिनको झरीले काटेर राखेको धान खेतमै भिजेपछि नवलपुरका किसान चिन्तित भएका छन्।

पानीले कति क्षति भयो भन्ने विषयमा भने तथ्यांक आइनसकेको उनले कृषि ज्ञानकेन्द्र नवलपुरका कृषि अर्थविज्ञ संजय ढकालले बताउनुभयाे । नवलपुरमा हालसम्म ५५-६० प्रतिशत धान काटिएकाे छ ।

कति धान थन्क्याएर सकेकाे केही पानी भिझाएकाे छ । अहिले यो समयमा पानीले नवलपुरमा १० देखि २० प्रतिशतसम्म धान उत्पादन घट्ने बताए । उनका अनुसार काटेर सुकाएको धान तथा पाकेर काट्न ठिक्क परेको दुवै धानलाई पानीले असर गरेको ढकालले बताउनुभयाे ।

भिजेको धानलाई तत्काल झाँटेर सुकाउन सके धान कुहिन र उम्रिनबाट बचाउन सकिने तिवारीले बताए । त्यसैगरी भिजेको धानलाई तत्काल मिलमा लगेर कुटाए धान बिग्रनबाट जोगिन उहाले किसानलाई सुझाव दिनुभएकाे छ ।

खेतमा धान त्यत्तिकै राखे वा तत्काल नझाँटे धान उम्रन सक्ने उनले बताए । बोटमै पाकेको धान पनि तीन दिन लगातार पानीले भिजेपछि बोटमै पनि उम्रन सक्ने भएकाले किसान चिन्तित भएका हुन।

हाई टेम्प्रेचर छ । पानीले भिज्ने र घाम पर्ने भइरहने भयाे भने धान खेतमै राखिराखे बाेटमै उम्रन्छ, त्यसैले जस्तो छ त्यस्तो अवस्थामा स्याहारेर मिलमा कुटाइहाल्नु उपयुक्त हुन्छ।

किसानले वर्षभरि खान पुग्ने गरी गरेको धानखेती स्याहार्ने वेलामा पानीले भिजेपछि किसानलाई चिन्ता परेकाे हाे । गत वर्ष पनि नवलपुरमा धान स्याहार्ने वेलामा पानी परेर किसानलाई क्षति पुर्‍याएको थियो ।

नवलपुरमा १८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ । असोज ११ र १२ गते आएको पानीले पनि धानमा क्षति पुर्‍याएको नै थियाे भने अहिले फेरि धान थन्काउने बेला भएकाे बर्षाले पुन क्षेती पुराउने हाे कि भनेर किसानलाइ समस्या परेकाे कृषि अर्थविज्ञ ढकालकाे भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.